बिहीबार, २७ वैशाख २०८१
DainikNepal.com
बिहीबार, २७ वैशाख २०८१

युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा मड्रिड र चेल्सी बराबरीमा रोकिए

दैनिक नेपाल २०७८ वैशाख १५ गते ११:१३

लण्डन, १५ वैशाख । युइएफए च्याम्पियन्स लिगको सेमिफाइनल अन्तर्गतकोे पहिलो लेगमा स्पेनिस क्लब रियल मड्रिड र इंग्लिस क्लब चेल्सीले बराबरी खेलेका छन् ।

रियलको मैदान अल्फ्रेडो डि स्टेफानोमा मंगलबार राति भएको खेलमा क्रिस्टियन पुसिसिसको गोलबाट चेल्सीले घरेलु टोलविरुद्ध १–० को अग्रता लिएको थियो । उनले खेलको १४औं मिनेटमा एन्टेनियो रुडिगरको पासमा गोल गरेका थिए ।

खेलको २३औं मिनेटमा करिम बेन्जिमाको प्रहार पोस्टमा लागेर बाहिरिँदा रियल बराबरीबाट चुक्यो । २९औं मिनेटमा बेन्जिमाले नै गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

यो बराबरीसँगै चेल्सीलाई अवे गोलको फाइदा हुनेछ। दोस्रो लेगमा यही यही नतिजा कायम राख्न सके चेल्सी फाइनलमा प्रवेश गर्नेछ । रियलले फाइनल प्रवेशका लागि कम्तीमा पनि १–० को जित निकाल्नुपर्नेछ। दोस्रो लेग ६ मेमा चेल्सीको मैदानमा हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित