५ मंसिर २०८३, शनिबार

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ वैशाख । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ ।

दिउँसो २ बजे पार्टी कार्यालयमा बस्ने बैठकमा आसन्न महाधिवेशनको विषयमा छलफल हुने बताइएको छ ।

कोरोना महामारीका कारण पार्टीको १४ औं महाधिवेशन प्रभावित बन्ने सम्भावना बढेको छ ।

आइतबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा केन्द्रीय समितिमा महाधिवेशनलाई प्रमुख एजेण्डा बनाएर छलफल गर्ने सहमति भएको थियो ।

केन्द्रीय सदस्यको पीसीआर गरेर मात्र बैठक बन्ने भन्दै सोमबारका लागि तय भएको बैठक स्थगित गरिएको थियो ।