९ कार्तिक २०८३, सोमबार

दाङमा श्रीमतीको हत्या गरेर पदम पोखरेल फरार

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

घोराही, १५ वैशाख । दाङ जिल्लामा एक व्यक्तिले ढुङ्गाले हानेर श्रीमतीको हत्या गरेका छन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुलसीपुर उपमहानगरपालिका–७ निवासी २५ वर्षीय पदम पोखरेलले २४ वर्षकी विपना रेग्मी पोखरेललाई ढुङ्गाले हानेर हत्या गरेका हुन् ।

मङ्गलबार राति करिब ८ बजेतिर ढुङ्गाले हान्दा गम्भीर घाइते भएकी विपनालाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

उनको शव प्रादेशिक अस्पतालमा राखिएको छ । फरार रहेका श्रीमानको खोजी भइरहेको प्रहरीले जनाएको छ । विपनाकी चार वर्षीया छोरी छन् ।