
रुपन्देही, १४ वैशाख । लुम्बिनी प्रदेशमा एकै दिन ४ जनाको कोरोनाभाइरस संmत्रमणका कारण ज्यान गएको छ ।
मृत्यु हुनेमा बुटवलका एक जना र नेपालगन्जमा उपचाररत तीन जना रहेका छन् । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–३ का २६ वर्षीय पुरुषको नेपालगञ्ज नर्सिङ होमको प्रि–आइसोलेसनमा मृत्यु भएको हो ।
त्यस्तै कोहलपुर–१ की ६० वर्षीया महिलाको भेरी अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । उता नेपालगञ्ज मेडिकल कलेजमा भर्ना भएकी दाङ तुलसीपुरकी ७४ वर्षीया महिलाको पनि मृत्यु भएको छ ।
लुम्बिनी प्रदेशिक अस्पतालका बुटवलमा उपचारत रुपन्देहीको देवदहकी एक महिलाको पनि निधन भएको अस्पतालले जनाएको छ ।












प्रतिक्रिया