१४ कार्तिक २०८३, शनिबार

दाङ र कैलालीमा लकडाउन घोषणा

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ वैशाख । कोरोना संक्रमण तीव्र बन्दै गएपछि दाङमा १७ गतेदेखि लकडाउन गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालयले आवश्यक छलफल गरेर वैशाख १७ गतेदेखि २५ गतेसम्म लकडाउन गर्ने भएको हो ।

प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले १७ देखि २५ गतेसम्म लकडाउन गर्ने र त्यसपछि अवस्था हेरेर थप कदम चाल्ने जानकारी दिएका छन् ।

त्यस्तै, कैलालीमा पनि वैशाख १६ गतेदेखि २२ गतेसम्म निषेधाज्ञा जारी हुने भएको छ ।

मंगलबार जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको सिफारिसअनुसार जिल्ला प्रशासन कार्यालयले कोरोनाको संक्रमण तीव्र बनेकाले निषेधाज्ञाको निर्णय गरेको हो ।

प्रशासनलाई जिल्लामा तत्काल लकडाउन गर्न तथा सीमा व्यवस्थापन गर्न सरोकारवालाहरुले सुझाव दिएका थिए ।

निषेधाज्ञामा अत्यावश्यकबाहेकका सबै सेवाहरु बन्द गरिनेछ ।