
काठमाडौँ, १४ वैशाख । कोरोना संक्रमित भई नर्भिक इन्टरनेशनल हस्पिटलमा भर्ना भएका पूर्वराजा दम्पती ज्ञानेन्द्र शाह र कोमल शाहलाई अक्सिजनको सपोर्टमा राखेर उपचार जारी राखिएको छ ।
उनीहरु वैशाख ११ गते दिउँसो १ बजे नर्भिक अस्पताल भर्ना भएका थियो । कोरोनाबाट संक्रमितहरुमा हुनसक्ने श्वासप्रश्वासको समस्या जटिल नबनोस् भन्ने हेतूले पूर्व राजा र रानीलाई अक्सिजनको सपोर्टमा उपचार जारी राखिएको हो ।
उनीहरुसँगै अस्पताल भर्ना भएकी पूर्व अधिराजकुमारी प्रेरणा शाहलाई भने अक्सिजनको सपोर्ट दिनु नपरेको नर्भिक अस्पतालले एक विज्ञप्ति जारी गर्दै जनाएको छ ।
उनीहरु तीनैजनाको अवस्था सामान्य र स्थिर रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।
उनीहरु तीनैजनामा केही दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो ।












प्रतिक्रिया