१४ कार्तिक २०८३, शनिबार

पर्सामा निषेधाज्ञा घोषणा

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


पर्सा, १४ वैशाख । पर्सामा एक साताका लागि निषेधाज्ञा जारी भएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार बिहीबार बिहान ४ बजेदेखि लागू हुनेगरी निषेधाज्ञा जारी भएको जनाएको छ ।

मंगलबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले वैशाख १६ गते बिहान ४ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा लगाउने निर्णय भएको हो ।

कोरोनाको दोस्रो लहरको संक्रमण तीव्र बनेपछि निषेधाज्ञाको निर्णय गरिएको हो ।

पछिल्लो समय पर्सामा कोरोनाका कारण १७ जनाको मृत्यु भएको छ ।