९ कार्तिक २०८३, सोमबार

होस्टेल बसेकी प्रतिमा सापकोटाको मृत्यु

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, १२ वैशाख । रुपन्देही जिल्लाको तिलोत्तमाको नयाँमिलस्थित प्यारामाउन्ट बोर्डिङ स्कुलमा कक्षा १० मा अध्ययनरत १५ वर्षीया प्रतिमा सापकोटाको मृत्यु भएको छ ।

ज्वरो र पेट दुख्ने समस्या देखिएकी उनलाई शनिबार परिवारका सदस्यले मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचारका लागि लगेका थिए । अस्पताल पुर्‍याएलगत्तै उनको मृत्यु भएको थियो ।

मृतकका दाजु प्रकाश सापकोटाले बहिनीलाई दुईदिनदेखि ज्वरो आएपनि समयमै उपचार नगराउँदा मृत्यु भएको बताएका छन ।

छात्राको मृत्युपछि विद्यालयले होस्टेलमा रहेका विद्यार्थीको पीसीआर परीक्षणका लागि स्वाब संकलन गराएको छ । छात्रावासमा प्रतिमासँगै ५० जनाभन्दा बढी विद्यार्थी छन ।

प्रतिमाको मृत्युपछि केही विद्यार्थी र अभिभावकले विद्यालय घेराउ गर्दै नाराबाजीसमेत गरेका थिए ।