काठमाडौं, १२ वैशाख । काठमाडौंमा ओखर खेल्दै गरेका १४ जना झण्डै दुई लाख रुपैयाँसहित पक्राउ परेका छन् ।
गोकर्णेश्वर नगरपालिका ९ आरुबारीबाट एक लाख ८९ हजार रुपैयाँसहित १४ जना पक्राउ परेका प्रहरीले जनाएको छ ।
आरुबारीको नाग मन्दिर नजिकै रहेको गंगा लामाको टहरोमा ओर खेल्दै गरेका उनीहरूलाई शनिबार बेलुका पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार काठमाडौं उपत्यकामा पछिल्लो समय जुवाको रूपमा ओखर खेल्ने प्रवृत्ति बढेको छ ।
७ वा ११ वटा ओखरलाई भुइँमा फालेर जोर कि बिजोर भनेर पैसा बाजी राखेर खेल्ने चिया पसल, चौतारो, चौर तथा टहरामा ओखर खेल्नेहरू बढेका प्रहरीको भनाइ छ ।











प्रतिक्रिया