
काठमाडौं, ११ वैशाख । नेपालमै पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपरलिग (एनएसएल) आजदेखि शुरू हुने भएको छ ।
आज हुने उद्घाटन खेलमा काठमाडौं रेजर्स र ललितपुर सिटी भिड्ने भएका छन् । आज शनिबार साँझ ५ः३० बजे त्रिपुरेवरस्थित दशरथ रंगशालमा हुने खेलमा विकेश कुथुको कप्तानीमा रहेको काठमाडौं र अन्जन विष्टको कप्तानीमा रहेको ललितपुरबीच भीडन्त हुन लागेको हो ।
तर, कोभिड–१९ को बढ्दो संक्रमणको त्रासकाबीच खेल क्लोज डोरमा खेलाइने छ । नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा हुन लागेको एनएसएलमा सात फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्दैछन् ।
खेल एपीवान टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्ने बताइएको छ ।















प्रतिक्रिया