काठमाडौं, ११ वैशाख । माओवादी केन्द्रले राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्काले दल त्याग गरेको सूचना सङ्घीय संसद्लाई जानकारी गराएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्णयअनुसार सो दलका नेता दीनानाथ शर्माले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४ बमोजिम खड्काले दल त्याग गरेको सूचना सङ्घीय संसद्लाई दिएका हुन् ।
सांसद् खडकालाई माओवादी केन्द्रले गत चैत २७ मा कारबाहीका लागि स्पष्टीकरण सोधेको थियो ।
सांसद खडका माओवादी छाडेर एमालेतिर लागेपछि माओवादीले उनलाई कारबाही गर्दै सांसद पद खारेज गर्ने प्रक्रियामा अगाडि बढाएको हो ।











प्रतिक्रिया