१४ कार्तिक २०८३, शनिबार

काठमाडौँमा ७६० जनासहित उपत्यकामा थपिए ९४० जना कोरोना संक्रमित

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० वैशाख । काठमाडौँ उपत्यकामा एकै दिनमा थप ९४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ७६०, भक्तपुरमा ७४ तथा ललितपुरमा १०६ रहेको छ । त्यस्तै, काठमाडौँपछि बाँकेमा ३५४ तथा रुपन्देहीमा २२१ जना संक्रमित फेला परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ६ सय ६४ जनाको परीक्षणमा पीसीआरबाट २ हजार ४४९ र ११० जनाको एन्टिजेन परीक्षणबाट गत २४ घण्टामा थप २ हजार ५५९ जनामा कोरोना पुष्टि भएको जनाएको छ ।

यससँगै कुल संक्रमितको संख्या २ लाख ९४ हजार ६ सय १ जना पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ४१० जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या २ लाख ७६ हजार ७ सय ५५ जना पुगेको छ ।देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ७ सय १४ जना रहेको छ ।

२४ घण्टामा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ३ हजार १ सय २२ जना पुगेको मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा २३ लाख ८८ हजार २ सय जनाको पीसीआर परीक्षण भइसकेको छ ।