९ कार्तिक २०८३, सोमबार

सुन जस्तो देखिने पहेँलो धातुसहित २ जना पक्राउ

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

कपिलवस्तु, १० वैशाख । कपिलवस्तु नगरपालिका–१ शिव मन्दिर टोलबाट १९ ग्राम ३० मिलीग्राम तौल भएको सुन जस्तो देखिने पहेँलो धातु, १ थान पहेँलो रङको सिक्री र १ थान चाँदी जस्तो देखिने डल्लोसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा शुद्धोधन गाउँपालिका–५ बस्ने २० वर्षीय हरिचन्द यादव र सोही ठाउँ बस्ने २७ वर्षीय बिनोद कुमार तिवारी रहेका छन् । उक्त स्थानमा नक्कली सुन बिक्री गर्नको लागि हिँडिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले उक्त धातुसहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।