लण्डन, १० वैशाख । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले जित निकालेको छ । कप्तान लियोनेल मेस्सी चम्किएपछि बार्सिलोनाले गेटाफेमाथि सानदार जित निकालेको हो ।
बिहीबार रातिको खेलमा बार्सिलोनाले गेटाफेलाई ५–२ गोल अन्तरले पराजित गरेको छ । बार्सिलोनाको जितमा कप्तान मेस्सीले दुई गोल गरे भने एन्टोनी ग्रिजम्यान र रोनाल्ड अरुजोले एकरएक गोल थपे ।
बार्सिलोनाले एक गोल आत्मघाती उपहार पाएको थियो । गेटाफेका इनेस उनलले एक गोल फर्काए । गेटाफेले पनि एक गोल आत्मघाती उपहार पाएको थियो ।















प्रतिक्रिया