२ कार्तिक २०८३, सोमबार

महाराष्ट्रको विराज वल्लभ कोभिड अस्पतालमा आगलागी, १३ जनाको मृत्यु

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली, १० वैशाख । भारतको महाराष्ट्रको वसाइमा अवस्थित विराज वल्लभ कोभिड अस्पतालमा आगलागी भएको छ ।

आगलागीमा परी कम्तीमा १३ जना बिरामीको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अस्पतालको आईसीयू वार्डमा आगलागी भएको हो। आगलागी भएको अस्पताल मुम्बईबाट ७० किमीको दूरीमा रहेको छ ।

शुक्रबार बिहान करिब साढे ३ बजेतिर आगलागी भएको बताइएको छ । अग्नि नियन्त्रक र प्रहरीको टोली घटनास्थलमा पुगेका छन् ।