
काठमाडौँ, ९ वैशाख । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४२८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआरबाट २ हजार ३६५ र ६३ जनाको एन्टिजेन परीक्षणबाट गत २४ घण्टामा थप २ हजार ४२८ जनामा कोरोना पुष्टि भएको जनाएको छ ।
यससँगै कुल संक्रमितको संख्या २ लाख ९२ हजार १ सय ५२ जना पुगेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप २५२ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या २ लाख ७६ हजार ३ सय ४५ जना पुगेको छ ।देशभर सक्रिय संक्रमितको संख्या १२ हजार ६ सय ९० जना रहेको छ ।
२४ घण्टामा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ३ हजार १ सय १७ जना पुगेको मन्त्रालयले जनाएको छ ।
हालसम्म नेपालमा २३ लाख ६० हजार ५ सय ५७ जनाको पीसीआर परीक्षण भइसकेको छ ।












प्रतिक्रिया