२ कार्तिक २०८३, सोमबार

मलेसियाविरुद्ध नेपाल विजयी, शीर्षस्थानमा रहँदै फाइनलमा प्रवेश

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ वैशाख । त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा लिग चरणको अन्तिम खेलमा नेपालले मलेसियाविरुद्ध फराकिलो जित हासिल गरेको छ ।

बिहीबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा नेपालले मलेसियालाई ६९ रनले पराजित गरेको हो ।

टस जितेर मलेसियाले फिल्डिङ रोजेपछि पहिलो इनिङमा ब्याटिङ गरेको नेपालले करण केसीको विस्फोटक ब्याटिङको मद्दतमा ७ विकेटको क्षतिमा २१७ रन बनाएको थियो ।

नेपालका लागि करण केसीले विस्फोटक ब्याटिङ गर्दै १३ बलमै ४५ रन जोडेका थिए । उनले ७ छक्काको मद्दतमा सो रन बनाएका हुन् ।

यस्तै, आसिफ शेखले ४२, ज्ञानेन्द्र मल्लले ४१, दीपेन्द्र सिंह ऐरीले ३३ रन जोडे ।

मलेसियाका लागि फित्री शाम, अनवर रहमान र शयद अजिजले दुई–दुई विकेट लिए भने मुहम्मद वाफिकले एक विकेट हासिल गरे ।

२१८ रनको विशाल लक्ष्य पछ्याएको मलेसिया २० औं ओभरको पहिलो बलमा सबै विकेट गुमाएर १४८ रनमा सीमित रह्यो । मलेसियाका लागि अमिनुद्दीन रमलेले ४१, अहमद फैजले ३१ रन बनाए ।