मंगलबार, १ जेठ २०८१
DainikNepal.com
मंगलबार, १ जेठ २०८१

कतार एयरवेजद्वारा स्वच्छता व्यवस्था सुधारका लागि अत्याधुनिक प्रविधि जडान

दैनिक नेपाल २०७८ वैशाख ९ गते १५:४६

काठमाडौँ, ९ वैशाख । कतार एयरवेज आफ्नो उडानमा स्वच्छता व्यवस्था सुधार गर्ने क्रममा हनिवेलको अल्ट्राभायलेट (युभी) क्याबिन सिस्टम भर्जन २.० जडान गर्ने विश्वकै पहिलो एयरलाइन बनेको छ ।

कतार उड्डयन सेवा(क्यूएएस)को स्वामित्व रहेको र उक्त सेवाद्वारा सञ्चालित हनिवेल युभीक्याबिन सिस्टमको सबैभन्दा नयाँ संस्करण यसको पूर्ववर्तीको तुलनामा थप सहजता वृद्धि गर्न, विश्वसनीयतामा सुधार ल्याउन, गतिशीलता बढाउन र यसको प्रयोगको सहजताका लागि जडान गरिएको हो ।

यस संस्करणमा एक हात वाण्ड समावेश गरिएको छ जसले ककपिट र अन्य साना ठाउँहरूमा कीटाणु शोधन गर्दछ ।

बिना मोटर स्वचालित यस उपकरणले कम ब्याट्री खपत गर्दछ । क्लिनिकल परीक्षणहरूमा, यूभी लाइटलाई राम्रोसँग प्रयोग गर्दा यसले विभिन्न भाइरस र ब्याक्टेरियाहरू निस्क्रिय पार्ने देखिएको छ ।

हनिवेल यूभी क्याबिन सिस्टम भी २ को पछिल्लो संस्करण को १७ युनिटहरु प्राप्त गरेपछि, सबै कतार एयरवेजको विमानमा उक्त उपकरणहरूको व्यापक परीक्षण गरिएको छ । एयरलाइन्सले यस नयाँ उपकरणलाई हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा सबै विमानमा सञ्चालन गर्ने लक्ष्य राखेको छ ।

प्रतिक्रिया
सम्बन्धित