मंगलबार, १ जेठ २०८१
DainikNepal.com
मंगलबार, १ जेठ २०८१

रुपन्देहीका उद्योगीहरूद्वारा खाणसँग ट्रन्क लाइनको समस्या समाधान गर्न आग्रह

दैनिक नेपाल २०७८ वैशाख ९ गते १०:१३

काठमाडौं, ९ वैशाख । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणसँग उद्योग वाणिज्य संघ रुपन्देहीले विभिन्न समस्याहरूका बारेमा जानकारी गराएको छ ।

संघका अध्यक्ष बाबुराम बोहराको नेतृत्वमा आएका व्यवसायीहरूले सिंहदरबारमा प्रमुख सचेतक खाणसँग भेट गरेर समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरेका हुन् ।

व्यवसायीहरूले बुटवल–भैरहवा क्षेत्रको ट्रन्क लाइन बिलिङ समस्याको बस्तुगत यथार्थबारे खाणलाई जानकारी गराएका छन् । व्यवसायीहरूको ट्रन्क लाइनको समस्या समाधानका लागि आफूले पहल गर्ने खाणले आश्वासन दिएको अध्यक्ष बोहराले बताएका छन् ।

व्यवसायीहरूले १३ बुँदे समस्याको जानकारी कांग्रेसलाई गराएका छन् ।

कांग्रेस नेता खाणसँगको भेटमा संघका अध्यक्ष बाबुराम बोहोरा, महासचिव जीवकान्त काफ्ले, उद्योगी विकास गोइन्कासहितका व्यवसायीहरूको सहभागिता रहेको थियो ।

२३ वटा उद्योगहरूको बस्तुगत यथार्थ अधिराज्यभरिको विवादभन्दा भिन्न विषय रहेको जानकारी कांग्रेसका प्रमुख सचेतक खाणलाई गराइएको थियो ।

व्यवसायीहरूले ट्रन्क लाइनमा नै नपर्ने क्षेत्रका उद्योगहरूलाइ नेपाल विद्युत प्राधिकरण भैरहवा तथा नयाँ मिल बितरण केन्द्रले जबर्जस्ती छुट बिलिङ गर्नु न्याय सम्मत नरहेको बताएका छन् ।

उनीहरूले ट्रन्क लाइनको समस्या सम्बन्धित पक्षसँग आवस्यक पहल गरि देशमा उद्योग सञ्चालन गर्ने वातावरण सिर्जना गरिदिन खाणसँग अनुरोध गरेका छन् ।

कांग्रेस नेता एवम् पूर्वमन्त्री खाणले समस्याको पूर्ण अध्ययन गरि समाधान गर्न पहल गर्ने आश्वासन दिएका छन् ।

सरकारले उद्योगी व्यवसायीहरूलाई काम गर्ने वातावरण राज्यलाई बनाइदिनुपर्ने बताएका छन् । ‘अहिलेको सरकारले उद्योगी व्यवसायीहरूलाई काम गर्ने वातावरण बनाइदिनुपर्छ’, उनले भने, ‘उद्योगी व्यवसायीहरूका समस्या समाधान गर्नुको साटो सरकारले दुःख दिने कार्य गरिरहेको गुनासाहरू देशभरिबाट आइरहेको छ ।’

प्रतिक्रिया
सम्बन्धित