२ कार्तिक २०८३, सोमबार

रियल मड्रिड स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लियो

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, ९ वैशाख । रियल मड्रिड स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ । काडिजलाई तीन–शून्य गोलले हराउँदै रियल मड्रिड अङ्क तालिकाको शीर्षस्थानमा उक्लिएको हो ।

रियल मड्रिडको जितमा करिम बेन्जेमाले दुई र आल्भारो ओडरियोजोलले एक गोल गरे । रियल मड्रिडले १० मिनेटको अन्तरमा तीन गोल गरेपछि पहिलो हाफमा फराकिलो अग्रता बनायो ।

खेलको ३० औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै बेन्जेमाले मड्रिडलाई अग्रता दिलाए । ३३ औँ मिनेटमा ओडरियोजोलाले गोल गरेपछि मड्रिडको अग्रता दोब्बर बनेको थियो । खेलको ४० औँ मिनेटमा बेन्जेमाले व्यक्तिगत दोस्रो गोल गर्दै मड्रिडलाई तीन शून्यले अघि राखे ।

दोस्रो हाफमा कुनै टिमबाट गोल नभएपछि खेलमा तीन–शून्यमा सकियो । जितसँगै ३२ खेलमा ७० अङ्कसहित रियल मड्रिड शीर्षस्थानमा उक्लिएको छ । काडिजभने ३२ खेलमा ३६ अङ्कसहित १३ औँ स्थानमा छ ।

ला लिगाकै अरु खेलमा एल्चे र भालाडोलिडले एक–एक गोलको बराबरी खेल्दा आलाभेसले भिल्लारियललाई दुई–एकले हराएको छ ।