
काठमाडौँ, ८ वैशाख । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
पार्टी विभाजनको उत्कर्षमा पुगेका बेला उनीहरुबीच नागपोखरीस्थित होटल मारियटमा भेटवार्ता भएको हो ।
छलफलमा अर्थमन्त्री विष्णु पौडेल समेत रहेका छन् ।
दोस्रो पुस्ताका नेताहरुको दवावमा उनीहरुले पार्टीलाई एक बनाउनका लागि वार्ता भएको बुझिएको छ । एमालेका धेरै नेता तथा कार्यकर्ताहरु कुनै पनि हालतमा पार्टीलाई एक हुनुपर्नेमा दृढ छन् । त्यसै अनुरुप आयोजित भेटवार्तालाई निर्णायक एवम् अर्थपूर्ण मानिएको छ ।












प्रतिक्रिया