१४ कार्तिक २०८३, शनिबार

पोखरामा कोरोनाबाट थप २ जनाको मृत्यु

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ वैशाख । पोखरामा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पोखरा महानगरपालिका–२९ की ५४ वर्षीया महिला र ३३ का ८४ वर्षीय पुरुष रहेका छन् ।

उनीहरु दुवै जनामा वैशाख ५ गते संक्रमण पुष्टि भएको थियो । कोरोना देखिएपछि चरक मेमोरियल अस्पताल भर्ना गरिएकी ५४ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोद विन्दु शर्माले जानकारी दिए ।

त्यस्तै, ८४ वर्षीय वृद्ध भने रोग तथा सरुवा रोग अस्पताल पोखरामा भर्ना भएका थियो । उनीहरु दुवैको वुधबार मृत्यु भएको हो । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २११ पुगेको छ । केही महिना अघिसम्म संक्रमण घटेपनि पछिल्ला केही दिनहरुमा संक्रमण तीव्र भइरहेको छ ।