
काठमाडौँ, ८ वैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजश्व विभागबाट निलम्बित तत्कालिन महानिर्देशक चुडामणि शर्मालाई बयानका लागि बोलाएको छ ।
अख्तियारका प्रमुख आयुक्तमा राईले जिम्मेवारी सम्हालेपछि ठूला भ्रष्टाचारबारे अनुसन्धान गर्ने क्रममा शर्मालाई बोलाइएको हो ।
गैरकानूनी कर फछ्र्यौट प्रकरणमा मुछिएका शर्मालाई वुधबार एक सूचना जारी गर्दै ७ दिनभित्र अख्तियारमा बयानका लागि हाजिर हुन बोलाएको हो ।
कर फछ्र्यौट आयोग, २०७१ बाट कर फछ्र्यौटका लागि सम्झौता भएका विभिन्न करदाताहरूसँग लाभ लिएर राज्यलाई ठूलो आर्थिक नोक्सानी गरेको अभियोग शर्मालाई लागेको छ । अभियोगमा उनीविरुद्ध परेको उजुरीमाथि थप अनुसन्धान आवश्यक भएकाले शर्मालाई बयानका निम्ति बोलाएको अख्तियारले जनाएको छ ।
आयोगको टंगालस्थित कार्यालयको ११४ नम्बरमा सम्पर्क गर्न शर्मालाई भनिएको छ । शर्मा तोकिएको समयमा हाजिर नभए पक्राउ गरिने अख्तियारले जनाएको छ ।













प्रतिक्रिया