२ कार्तिक २०८३, सोमबार

गौरिका सिंह ‘थर्टी अण्डर थर्टी’ एसियाको सूचीमा प्रवेश

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ वैशाख । नेपाली पौडीबाज गौरिका सिंह फोर्ब्सको प्रतिष्ठित थर्टी अण्डर थर्टी एसिया सूचीमा परेकी छिन् ।

३० वर्षभन्दा कम उमेरमा मनोरञ्जन र खेलकुदका क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल गर्ने एसियालीमध्येबाट उनी उत्कृष्ट ३० को सूचीमा छानिएकी हुन् ।

यो सूचीका लागि कूल ३ सय जना मनोनयनमा परेका थिए । गौरिका ९ वर्षको उमेरदेखि नै पौडी खेलिरहेकी छिन् । उनले १२ वर्षको उमेरमा नेपालको राष्ट्रिय टोलिमा डेब्यू गरेकी थिइन् ।

उनी २०१६ मा रियो ओलम्पिकमा सहभागी हुने सबैभन्दा कान्छी खेलाडी थिइन् । २०१९ मा आयोजना भएको दक्षिण एशियाई खेलमा उनले चार स्वर्ण, दुई सिल्भर र तीन कास्य जितेकी थिइन् ।

उनी टोकियो ओलम्पिक– २०२० का लागिसमेत छनोट भएकी थिइन् । कोरोना संक्रमण बढेसँगै टोकियो ओलम्पिक जुलाई–अगस्ट २०२१ सम्म स्थगित गरिएको छ ।