बाग्लुङ, ८ वैशाख । भारतबाट बाग्लुङ आएका ३ जनामा कोरोना संक्रमण देखिएको छ ।
उनीहरूको कन्ट्याक्ट टेसिङ गर्दा थप ८ जनामो कोरोना भेटियो । फेरि ती ८ जनाको कन्ट्याक्ट टेसिङ गर्दा ठूलो संख्यामा कोरोना संक्रमित भेटिएका छन् ।
बाग्लुङको बलेवा क्षेत्रलाई मंगलबार राति १२ बजेदेखि लकडाउनको अवस्थामा पुर्याइदिएको छ ।
उनीहरूको कन्ट्याक्ट टेसिङको क्रममा बाग्लुङ नगरपालिकाको एक विद्यालयका ३९ जना शिक्षक र विद्यार्थी कोरोना संक्रमित पुष्टि भएको थियो ।
यसअघि पनि उक्त विद्यालयका शिक्षक र विद्यार्थीमा कोरोनासँँग मिल्दोजुल्दो लक्षण देखिएको थियो ।
कन्ट्याक्ट टेसिङका क्रममा विद्यालयका ९८ जना विद्यार्थी र शिक्षकको स्वाब परीक्षण गर्दा ३९ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य प्रमुख सुरज गुरौंले बताए ।
सोमबारसम्मै विद्यालय सञ्चालन भएकाले अन्य विद्यार्थीमा पनि संक्रमण फैलिएको आशंका बढेको छ ।















प्रतिक्रिया