५ मंसिर २०८३, शनिबार

कोरोना फैलिएपछि काठमाडौं उपत्यकामा कडाइ

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ वैशाख । कोरोनाभाइरसको सङ्क्रमण फैलिएपछि काठमाडौं उपत्यकामा कडाइ गर्न शुरु भएको छ ।

स्थानीय प्रशासनमार्फत स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा विशेष निगरानी थालिएको छ ।

विशेषगरी गाडी सञ्चालनमा थप कडाइका साथै प्रयोग गरेका मास्कलगायत सामग्रीको विसर्जनमा ध्यान दिन आग्रह गरिएको छ ।

विसर्जन गर्नुपर्ने मास्क बन्द डस्टबिन वा प्लाष्टिकको झोलामा बन्द गरी पाँच दिनसम्म सुरक्षित राख्नुपर्नेछ । त्यसपछि मात्रै विसर्जन गर्नुपर्नेछ ।

अटेर गरेमा कारबाही हुनेछ । घर तथा सार्वजनिक ठाउँमा जथाभावी नथुक्न र प्रयोग गरेको मास्क जथाभावी नफ्याँक्न भनिएको छ ।

सरकारले दिएको आदेश नमान्नेलाई सङ्क्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने काठमाण्डौका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए ।

सरकारी आदेशानुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकामा सङ्क्रमण रोक्न मानवीय गतिविधि नियन्त्रण गर्न थालेको छ ।

नयाँ भेरियन्टसहित कोरोना महामारीको सङ्क्रमण बढ्दै गएपछि यसको रोकथाम र नियन्त्रणका लागि निगरानी थालिएको उनले बताए ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले गाडी चलाउँदा चालक र सह–चालकलाई मास्क र भाइजर अनिवार्यरूपमा लगाउन निर्देशन दिएको छ ।