चन्द्रौटा, ८ वैशाख । कपिलवस्तुुको शिवराज नगरपालिका वडा नं. ४ का वडा सदस्य केशव बहादुर खत्री ‘कृष्ण’ अवैध काठ कटानमा संलग्न देखिएका छन् ।
शिवराज नगरपालिका वडा ४ बनकट्टीमा ऐलानी जग्गामा रहेका ४ वटा बहुमूल्य खयर जातका रुख अबैध रुपमा उनकै रहोबरमा सोमबार बिहान काटिएको भन्दै स्थानीयहरूले वडा सदस्यलाई कारवाहीको माग गरेका छन् ।
वडा सदस्य खत्रीको उपस्थितिमा भएको यो घटनाले वन संरक्षणमाथि जनप्रतिनिधिको उदासीनता देखिएको छ । खत्रीको गाउँमा रुख काटिएको विषयमा बुुझ्दा आफूु अनभिज्ञ रहेको वडा सदस्य खत्रीले बताएका थिए ।
अवैध रुख काटदै गर्दा वडा सदस्य खत्रीले नजिकै रहेर काठ कटानमा सहयोग गरिरहेको भिडियो बाहिरिएपछि बल्ल उनले आफूु पनि सोहि ठाउँमा रहेको स्वीकार गरेका छन् ।
वडा सदस्य कै रहोबरमा अवैध काम गरिनुुले जनतामा जनप्रतिनिधिहरूप्रति उत्तरदायी नभएको देखिन्छ । भिडियोका अनुुसार वडा सदस्यकै निर्देशनमा काम गराइरहेको भन्ने पुष्टि हुन्छ ।
स्थानीयहरूले पनि खत्रीकै संरक्षण रुख काटिएको भन्दै वन कार्यालयमा किटानी जाहेरी दिएका छन् । खत्रीकै संलग्नतामा रुख काटिएकोले उनलाई कानून बमोजिक कारवाही माग गर्दै वन कार्यालयमा जाहेरी परेको सहायक वन अधिकृत एजाज अन्सारीले बताए ।
जाहेरीको आधारमा अनुसन्धानको लागि खत्रीलाई पक्राउ गर्न पुुर्जी जारी भएको छ । जाहेरी परेपछि फोन सम्पर्क गरी बोलाएको तर, वडा सदस्य खत्री अटेरी गरेकोले वनका सुरक्षाकर्मीलाई पक्राउ गर्नु भनिएको उनले बताए ।
“हाम्रा सुरक्षाकर्मीहरूको टोली खत्रीको खाजीकार्यमा छ’, अन्सारीले भने, “भोलिसम्म नभेटिए नेपाल प्रहरीको सहयोगमार्फत पक्राउ गरि अनुुसन्धान गर्नेछौं ।” वन ऐन विपरित गरेको भएको पाइएमा खत्रीलाई ६ महिना कैद र बिगो बमोजिम जरिवाना हुनेछ ।
सोमबार बिहान अवैध रुपमा काठ कटान भएको सूचना पाएपछि वडा प्रहरी कार्यालय चन्द्रौटा र डिभिजन वन कार्यालय गौतमबुुद्धको टोली उक्त स्थलमा गएको थियो ।
घटना स्थल पुुग्दा कोहि पनि नरहेको र काठलाई वन कार्यालयको जिम्मा लगाइएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।
वन कार्यालयका प्रमुुख दुुर्गा कार्की आफू काठमाडौंमा रहेको र काठ काटिएको विषयमा छानविन भइरहेको बताए । अवैध रुपमा १०७.६४ क्युुफिट काठ बरामद गरिएको डिभिजन बन कार्यालय गौतमबुुद्धले जनाएको छ ।











प्रतिक्रिया