५ मंसिर २०८३, शनिबार

सुवास नेम्वाङको गृहजिल्ला इलाममा एमालेको समानान्तर कमिटी गठन

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इलाम, ८ वैशाख । एमालेको नेतृत्व तहमा खटपट भएसँगै झलनाथ खनाल र सुवास नेम्वाङको जिल्ला इलाममा पनि एमालेमा समानान्तर कमिटी गठन भएको छ ।

अध्यक्ष केपी ओलीले केहि नेतालाई कारबाही गरेसँगै देशैभर समानान्तर कमिटी गठन गर्ने घोषणसँगै इलाममा पनि समानान्तर कमिटी गठन भएको हो ।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीसँग असन्तुष्ट रहेको समूहले गएको चैत्र २५ गते जिल्ला भेला गर्दै पुराना नेता भक्त केसीको संयोजकत्वमा ३ सय १ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ ।

इलाममा दुई समूहबनेर आफ्ना गतिविधि शुरु गरेका छन् । नेपाल–खनाल समूहले जिल्ला कमिटी विस्तारसँगै इलामको मालापथमा कार्यालय स्थापना गरेको छ ।

एक सय एक सदस्यीय जिल्ला सचिवालय समेत गठन भएको छ । समानान्तर कमिटीको अध्यक्षमा भक्त केसी सचिवमा हरिबाला राई उपसचिव सोम शर्मा रहेको कार्यालय सचिवमा मानबहादुर गुरुङले बताए ।

ओलीले प्रतिनिधिसभा विघटन गर्ने सिफारिस गरेसँगै प्रभावशाली नेताहरू रहेको इलाममा ध्रुवीकरण सुरु भएको थियो ।

पुरानो पार्टी कार्यालय ओली समूहले नै प्रयोग गर्दै आएको छ । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ प्रधानमन्त्री ओलीको पक्षमा प्रष्ट देखिएका छन् ।

इलाम, माई र देउमाई नगरपालिकाका तथा चुलाचुली गाउँपालिकाका प्रमुखहरू प्रधानमन्त्रीकै पक्षमा देखिएका छन् । सूर्योदय नगरपालिका, सन्दकपुर र माईजोगमाई गाउँपालिकाका प्रमुखहरू भने खनाल–नेपाल पक्षका देखिएका छन् ।

तत्कालीन नेकपाबाट निर्वाचित प्रदेश संसदहरुमध्ये रामवहादुर थापा र काजीमान कागते ओली पक्षमा देखिएका छन् ।

खिनु लङवा लिम्बू नेपाल–खानाल प्यानलमा उभिएकी छिन् । अर्का संसद धिरेन्द्र शर्मा माओवादीका हुन् । इलामका १० स्थानीय तहमध्ये रोङ, फाकफोकथुम र माङसेबुङमा नेपाली कांग्रेसको नेतृत्व छ ।