१४ कार्तिक २०८३, शनिबार

अवरुद्ध हुँदै आएको वागमती प्रदेशसभाको सातौँ अधिवेशन अन्त्य

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, ७ वैशाख । वागमती प्रदेशसभाको चालू सातौँ अधिवेशन बैठक अन्त्य गरिएको छ ।

विगत केही समयदेखि अवरुद्ध हुँदै आएको बैठक प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले मंगलवार एक सूचना जारी गर्दै नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेशसभाको चालू सातौँ अधिवेशन बैठक अन्त्य गरेका हुन् ।

प्रदेश प्रमुख प्रसाईले जारी गरेको सूचनामा उल्लेख भएअनुसार आज मंगलवार रातको १२ बजेदेखि प्रदेशसभाको चालू सातौँ अधिवेशन बैठक अन्त्य हुनेछ ।

लामो समयपछि गत चैत २४ गतेदेखि सञ्चालनमा आएको बागमती प्रदेशसभाको सातौँ अधिवेशन बैठक प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहित अन्य विपक्षी दलहरूको विरोधका कारण अवरुद्ध हुँदै आएको थियो ।

विपक्षी दलले केही समयदेखि बैठक अवरोध गर्दै आएका थिए ।