बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

अस्पतालको बेड र उपचारको सुनिश्चितता गरेर मात्रै बिरामी रिफर गर्नुपर्ने

दैनिक नेपाल २०७८ वैशाख ७ गते १८:०८


काठमाडौँ, ७ वैशाख । अब अस्पतालहरुले बिरामीलाई उपयुक्त बेड र उपचारको सुनिश्चितता गरेर मात्रै अन्य अस्पतालमा रिफर गर्नुपर्ने भएको छ ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत नीति योजना तथा अनुगमन महाशाखाले एक सूचना जारी गर्दै सम्बन्धित बिरामीका लागि बेड र उपचारको सुनिश्चित गरी आकस्मिक उपचार गरेर मात्रै रिफर गर्न निर्देशन दिएको छ ।

अस्पताल चाहार्दाचाहार्दै विरामीको मृत्यु भएको घटनाहरुलाई लक्षित गरी मन्त्रालयले यस्तो सूचना जारी गरेको हो ।

कोरोना भाइरसको बढ्दो संक्रमणसँगै नियमित स्वास्थ्य सेवा तथा आकस्मिक सेवा प्रवाहमा सर्वसाधारणमा पर्न गएको कठिनाईप्रति मन्त्रालयको ध्यानाकर्षण भएको जनाउँदै उक्त निर्देशन दिएको हो ।

‘कुनै पनि अस्पतालमा आईपुगेका बिरामीहरुको आकस्मिक उपचार व्यवस्था गरेर तथा अन्य अस्पताल पठाउनुपर्ने अवस्थामा बेडको उपलब्धता र उपचार पाउने सुनिश्चितताको समन्वय गरेर मात्रै पठाउनु हुन सबै अस्पतालहरुलाई निर्देशन गरिन्छ,’ सूचनामा भनिएको छ ।

प्रतिक्रिया
सम्बन्धित