शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

थप १७ सय ३६ जनामा कोरोना, २५१ निको, ११ जनाको मृत्यु

दैनिक नेपाल २०७८ वैशाख ७ गते १७:३८

काठमाडौँ, ७ वैशाख । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ७३६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ८ हजार ५५ जनाको परीक्षण गर्दा गत २४ घण्टामा थप १ हजार ७३६ जनामा कोरोना पुष्टि भएको जनाएको छ ।

यससँगै कुल संक्रमितको संख्या २ लाख ८७ हजार ५ सय ६७ जना पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप २५१ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या २ लाख ७५ हजार ८ सय ६ जना पुगेको छ ।देशभर सक्रिय संक्रमितको संख्या ८ हजार ६ सय ५९ जना रहेको छ ।

२४ घण्टामा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ३ हजार १ सय २ जना पुगेको मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा २३ लाख ६० हजार ५ सय ५७ जनाको पीसीआर परीक्षण भइसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित