शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

बाँकेमा लकडाउन गर्न सिफारिस

दैनिक नेपाल २०७८ वैशाख ७ गते १७:३२

बाँके, ७ वैशाख । बाँकेमा कोरोना संक्रमण निकै तीव्र बनेपछि जिल्लामा लकडाउन गर्न सिफारिस गरिएको छ ।

मंगलबार बसेको बाँके जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको आज बैठकले जिल्लामा संक्रमणको महामारी रोकथाम गर्न वैशाख ९ गतेबाट लकडाउन गर्न सिफारिस गरेको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले विगत एक हप्ताबाट हरेक दिन सयौँको संख्यामा संक्रमित थपिँदै गएपछि डीसीसीएमसीले लकडाउनको सिफारिस गर्न बाध्य भएको जनाए । बाँके नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ को कार्यालयका सबै कर्मचारीलाई कोरोना पुष्टि भएपछि वडा कार्यालय बन्द गरिएको समेत गरीएको छ ।

प्रतिक्रिया
सम्बन्धित