शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

नेदरल्याण्डद्वारा नेपाल ३ विकेटले पराजित

दैनिक नेपाल २०७८ वैशाख ७ गते १६:५६

काठमाडौँ, ७ वैशाख । त्रिदेशीय क्रिकेट शृङ्खलामा नेदरल्याण्डसँग नेपाल पराजित भएको छ ।

मंगलबार भएको खेलमा नेपालले २०७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । उक्त लक्ष्य नेदरल्याण्डले १९.३ ओभरमा ७ विकेटको क्षतिमा हासिल गर्यो ।

सन्दीप लामिछानेले गरेको १८ औँ ओभर नेदरल्याण्डका लागि टर्निङ प्वाइन्ट बन्यो । सन्दीपको एकै ओभरमा पिटर सिलरले तीन छक्का हिर्काएका थिए भने नेपालका लागि लामिछानेले ४ विकेट लिए ।

नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ६२ रनको योगदान दिए । उनले ४६ बलमा ८ चौका र १ छक्का हिर्काए । त्यस्तै, दीपेन्द्र सिंह ऐरीले ३० बलमा ६० रनको योगदान दिए । उनले यसक्रममा ३ चौका र ५ छक्का हिर्काए । सोमपाल कामी र कप्तान ज्ञानेन्द्र मल्लले क्रमशः २१ र २० रन बनाए ।

नेदरल्याण्डका लागि भिभियन किङ्मा र पिटर सिलारले २–२ विकेट लिए ।

प्रतिक्रिया
सम्बन्धित