शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

आईपीएलमा चेन्नई विजयी, राजस्थान ४५ रनले पराजित

दैनिक नेपाल २०७८ वैशाख ७ गते १०:०१

चेन्नई, ७ वैशाख । इण्डियन प्रिमियर लीग (आईपीएल) ट्वान्टी–ट्वान्टी क्रिकेटमा चेन्नई सुपर किंग्स विजयी भएको छ ।

आईपीएल अन्तर्गत लगातार दोस्रो जित निकाल्ने क्रममा चेन्नईले राजस्थान रोयल्सलाई ४५ रनले हराएको हो । १८९ रनको लक्ष्य पछ्याएको राजस्थानले ९ विकेट गुमाएर १४३ रनमात्र जोड्न सक्यो ।

राजस्थानका लागि जोश बट्लरले ४९, जयदेव उनधकटले २४ तथा राहुल टिवेटियाले २० रन बनाए । चेन्नईका मोइन अलीले तीन तथा साम करन र रविन्द्र जडेजाले समान दुई–दुई विकेट लिए ।

यसअघि मुम्बईमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ९ विकेटको नोक्सानीमा १८८ रनको योगफल तयार पारेको थियो ।

जितसँगै तीन खेलबाट ४ अंक जोड्दै चेन्नई तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । आज चेन्नईमा दिल्ली क्यापिटल्स र साविक विजेता मुम्बई इण्डियन्सले प्रतिस्पर्धा गर्ने छन् ।

प्रतिक्रिया
सम्बन्धित