शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

स्याङयोङ्ग नववर्ष अफर यस्तो छ

दैनिक नेपाल २०७८ वैशाख ६ गते २१:५४

काठमाडौँ, ६ वैशाख । नेपालको लागि स्याङयोङ्ग मोटर्सको आधिकारीक बिक्रेता एवम् आइएमएस ग्रुप अन्तर्गतको, आइएमएस मोटर्सले यस नयाँ वर्ष २०७८ सालको अवसरमा “स्याङयोङ्ग नववर्ष अफर” ल्याएको छ ।

ग्राहकहरुले रेक्स्टन, टिभोलि अटोमेटिक ट्रान्स्मिसन र टिभोलि म्यानुवल ट्रान्स्मिसनमा क्यास डिस्काउण्ट ५ लाख सम्म पाउन सक्नेछन्, साथै २ लाख सम्मको एक्सचेन्ज बोनस् पनि प्राप्त गर्न सक्नेछन् । स्याङयोङ्गले ग्राहकहरुलाई यस प्रकारका अफर प्रदान गरेको छ ।

– एक वर्ष निःशुल्क बीमा

-सात वर्ष सजिलो फाइनान्स

-तीन वर्ष वारेन्टि

-३ वर्ष निःशुल्क सर्भिसिङ्ग

-रु. ११,००० बराबरको निःशुल्क एक्सेसोरीज

यस स्याङयोङ्ग नव वर्ष अफर २०७८ साल वैशाख १ गते देखि वैशाख ३१ गते सम्म मात्र हुनेछ ।

स्याङयोङ्गको बारेमा:

स्याङयोङ्ग कोरियाको चौथौ ठूलो गाडीहरु उत्पादन गर्ने कम्पनी हो । सन् १९५४ देखि सुरुवात गरिएको यस कम्पनीको गाडीहरु आफ्नो आधुनिक स्टाईल अनि उत्कृष्ट प्रदर्शनको लागि चिनिने गर्दछन् जसको मुल कारण कम्पनीका दक्ष इन्जिनियरहरु हुन् । उनीहरुका अन्य मोडलहरु जस्तै एसयुभीएस, पीकअप ट्रक्स र एमपीभीएस रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित