बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

कोभिड-१९ सम्बन्धी महत्वपूर्ण नयाँ मापदण्डसहित यस्ता छन् सरकारका निर्णयहरु (पूर्णपाठ)

दैनिक नेपाल २०७८ वैशाख ६ गते २१:४६

काठमाडौँ, ६ वैशाख । सरकारले कोरोना संक्रमणको बढ्दो जोखिमबारे विभिन्न मापदण्डहरु निर्धारण गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकद्वारा पारित मापदण्डहरुको आदेश राजपत्रमा प्रकाशित भएसँगै लागू हुनेछ ।

सरकारले शहरी क्षेत्रका विद्यालयहरु वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ । त्यस्तै, छोटो र लामो दुरीका सार्वजनिक यातायात, होटल, हवाई यातायात, रेष्टुरेन्ट, मठमन्दिर, गुम्बा र चर्च, पसल व्यवसाय, अस्पताल आदिमा पनि विभिन्नखाले नियमहरु लगाइएको छ । सरकारले प्रदेशले गर्नुपर्ने कामहरु पनि तोकेको छ ।

त्यसैगरी, न्वारान, पास्नी, ब्रतबन्ध र विवाहदेखि जन्तीलगायत सामाजिक क्रियाकलापमा २५ जनाभन्दा बढीको जमघट गर्न नपाइने सरकारले आदेश जारी गरेको छ ।

सरकारले विद्यालय बन्द गर्ने निर्णय गरेपनि वैकल्पिक वा अनलाइन माध्यमबाट पठनपाठन भने जारी राख्ने, परीक्षा र मेडिकल शिक्षा नरोकिने निर्णय गरेको छ ।

सरकारले काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाका सबै महानगरपालिका तथा नगरपालिकाका शैक्षिक संस्थाहरु, विराटनगर, वीरगञ्ज, भरतपुर र पोखरा महानगरपालिकाका शैक्षिक संस्थाहरु, इटहरी, धरान, जनकपुर, हेटौडा, बुटवल, घोराही, तुल्सीपुर, नेपालगञ्ज र धनगढी उपमहानगरपालिकाका शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरेको छ ।

त्यस्तै, मेचीनगर, बिर्तामोड, दमक, राजविराज, बनेपा, धुलीखेल, सिद्धार्थनगर, वीरेन्द्रनगर, र भीमदत्त नगर नगरपालिकामा रहेका शैक्षिक संस्थाहरु बन्द गरिनेछ ।

त्यस्तै, २०७८ साल बैशाख मसान्तसम्म होटल रेष्टुरेन्ट ८ बजेपछि बन्द गर्न सरकारले आदेश दिएको छ ।

त्यस्तै, सरकारले सार्वजनिक यातायातमा सीट क्षमता भन्दा बढी यात्रु नराख्ने, सबै यात्रुलाई मास्क अनिवार्य गर्ने, सवारी साधनको ढोकामा र भित्र सेनिटाइजरको व्यवस्था गर्नुपर्ने, चालक तथा सहचालकले मास्क लगाउनुपर्ने, सवारी साधनलाई दैनिकरूपमा निसंक्रमण गर्नुपर्ने, सार्वजनिक यातायातमा कुनै यात्रुले मास्क नलगाएमा चालक वा सहचालकले बढीमा १० रुपैयाँ लिई मास्क उपलब्ध गराउनुपर्ने, मास्क नलगाउने व्यक्तिलाई सवारी साधनमा प्रवेश गर्न नदिने आदेश दिएको छ ।

त्यस्तै, आन्तरिक हवाई उडानमा चालक तथा सबै यात्रुलाई मास्क तथा सेनिडाइज अनिवार्य गर्ने, हवाईजहाजभित्र सेनिटाइजको व्यवस्था गर्नुपर्ने, प्रत्येक उडानपछि हवाइजहाज र ब्यागेजलाई निसंक्रमित गर्नुपर्ने, चेकइन, प्रतिक्षालय, बोडिङ, ब्यागेज स्थानमा भीडभाड हुन नदिने र जनस्वास्थ्यका मापदण्ड लागू गर्ने निर्णय भएको छ ।

त्यस्तै, कोभिड १९ संकट व्यवस्थापन केन्द्रले सम्बन्धित प्रदेश सरकारको समन्वयमा गड्डाचौकी, गौरीफन्टा, जमुनाह, कृष्णनगर, बेल्हिया, वीरुगञ्ज, रानी तथा काँकडभिट्टा, अन्तराष्ट्रिय स्थलगत सीमा नाका र आवश्यकता अनुसार अन्य थप अन्तराष्ट्रिय स्थलगत सीमा नाकाको नजिकै पायक पर्ने स्थानमा कम्तिमा एक जहार जनाको व्यवस्था हुनेगरी होल्डिङ सेन्टरको निर्माण गर्ने भएको छ ।

यस्ता छन् सरकारका निर्णयको पूर्णपाठः

प्रतिक्रिया
सम्बन्धित