शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

लक्ष्मी बैंकको नयाँ वर्ष अफर, ४.५% ब्याज दर भएको ओरेन्ज सेभिङ प्लस खातामा आकर्षक सुविधाहरु

दैनिक नेपाल २०७८ वैशाख ६ गते १८:४५

काठमाडौँ, ६ वैशाख । लक्ष्मी बैंकको प्रिमियम बचत खाता ओरेन्ज सेभिङ प्लसबाट ग्राहकहरूले अब ४.५% वार्षिक ब्याजदरको साथै थप आकर्षक सुविधाहरूप्राप्त गर्न सक्नेछन् ।

ओरेन्ज सेभिङ प्लस खाता भएका ग्राहकले रु. १ लाख सम्मको वार्षिक स्वास्थ्य बिमा र रु.१० लाख सम्मको दुर्घटना मृत्युर/अक्षमता बिमा सुविधा पाउन सक्नुहुनेछ ।

यति मात्र नभएर डेबिट कार्ड,क्रेडिट कार्ड र डलर ट्राभल कार्ड पनि निःशुल्क जारी गरिनुका साथै लक्ष्मी बैंक को डेबिट कार्ड नेपाल भरी कुनै पनि एटिएममा प्रयोग गर्दा लाग्ने शुल्क फिर्ता गरिन्छ ।

अझ नयाँ वर्षको अफर अन्तर्गत वैशाख महिनाभरी ओरेन्ज सेभिङ प्लस खाता खोल्ने ग्राहकहरुले लक्ष्मी बैंकको प्रि–पेड डलर कार्ड “ओरेन्ज कार्ड” निःशुल्क प्राप्त गर्नेछन् । सो अफर ओरेन्ज सेभिङ प्लस वर्तमान ग्राहकहरुको लागि पनि लागू हुनेछ ।

यसै गरी विभिन्न संघ संस्थामा कार्यरत कर्मचारीहरुको लागि ल्याइएको विशेष खाता “शुभश्री लक्ष्मी बचत खाता“ मा पनि बैंकले पनि विभिन्न सुविधाका साथमा ४.५% को उच्च ब्याज दर प्रदान गरिरहेको छ ।

थप जानकारीका लागि वा खाता खोल्नका लागि लक्ष्मी बैंकको नजिकैको शाखा अथवा बैंकको वेबसाईट www.laxmibank.com मा जान सकिन्छ ।

प्रतिक्रिया
सम्बन्धित