शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

मलेसियाविरुद्ध नेपालको शानदार जीत

दैनिक नेपाल २०७८ वैशाख ६ गते १७:३६

काठमाडौँ, ६ वैशाख । नेपालले मलेसियाविरुद्ध सानदार जीत हासिल गरेको छ ।

कुशल भुर्तेलले लगातार दोस्रो अर्धशतक बनाउँदा नेपालले विजय प्राप्त गरेको हो ।

त्रिदेशीय टी–२० सिरिजमा ९ विकेटले मलेसियाविरुद्ध लगातार दोस्रो जित हात पारेको हो ।

सोमबार त्रिवि क्रिकेट मैदानमा मलेसियाले दिएको ११० रनको लक्ष्य नेपालले मात्र नेपालले १२.१ ओभरमा १ विकेट गुमाएर भेट्टायो । नेपालको ओपनिङ जोडी कुशल भुर्तेल र आसिफ शेखले राम्रो सुरुवात दिलाए । दुवैले १०२ रनको साझेदारी गरे ।

त्यसक्रममा कुशलले अर्धशतक बनाए । उनको लगातार दोस्रो अर्धशतक हो । उनले टी–२० अन्तर्राष्ट्रियको डेब्यू खेलमै नेदरल्याण्ड्सविरुद्ध ६२ रन बनाएका थिए ।

आसिफले विरनदिप सिंहको बलमा क्याचआउट हुनुअघि २९ बल खेल्दै ४ चौका र एक छक्का मद्दतमा ४२ रन जोडे । ४१ बलको सामना गरेका कुशल तीन चौका र पाँच छक्कासहित ६१ रनमा अविजित रहे भने दीपेन्द्र सिंह ऐरी ६ रनमा नटआउट रहे ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मलेसियाले १६.५ ओभरमा सबै विकेट गुमाएर १०९ रन बनाएको थियो ।

नेपालका लागि करण केसीले ३ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । सन्दीप लामिछाने ३.५ ओभरमा २५ रन खर्चेर २ विकेट लिए भने सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, शाहब आलम र कुशल मल्लको नामा एकएक विकेट रह्यो ।

नेपालले अर्को खेल मंगलबार नेदरलयाण्ड्ससँग दोस्रो खेल खेल्नेछ ।

प्रतिक्रिया
सम्बन्धित