शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

फ्लोर क्रस गर्ने र गराउने माधव नेपालसहित ८ जनालाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय

दैनिक नेपाल २०७८ वैशाख ६ गते १७:१३

काठमाडौँ, ६ वैशाख । नेकपा एमालेले नेता माधवकुमार नेपालसहित ८ जनालाई अन्तिम चेतावनीसहित स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।

सोमाबार बालुवाटारमा पार्टीको महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने र गराउन नेतृत्व गरेका ८ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

बैठकले पार्टी अनुशासन विपरित गतिविधि गर्न नेतृत्वदायी भूमिका खेलेको भन्दै माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले दुई दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । त्यस्तै, फ्लोर क्रस गर्ने प्रकाश ज्वाला, नन्दसिंह बुढा, कुर्मराज शाही र अमर थापालाई पनि स्पष्टीकरण सोधिएको छ ।

नेताहरुको स्पष्टिकरण चित्तबुझ्दो नभए पार्टीको वैशाख १० गते बस्ने बैठकले कारवाही गर्ने जनाइएको छ ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले कर्णालीमा फ्लोर क्रस गरेर अलोकतान्त्रिक, गैरसंसदीय, अराजक हर्कत गरेको भन्दै कारबाही गर्ने बताएका थिए ।

नेकपाका ४ जना सांसदले कर्णालीका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई पार्टीको ह्वीप विपरित मतदान गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित