शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

भ्लादिमिर पुटिनका आलोचक एलेक्सी नभाल्नीको केही दिनभित्र ज्यान जान सक्ने चेतावनी

दैनिक नेपाल २०७८ वैशाख ५ गते १३:०८

रूस, ५ वैशाख । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक एलेक्सी नभाल्नीको केही दिनभित्र ज्यान जान सक्ने चेतावनी दिइएको छ ।

उनको उपचारमा पर्याप्त ध्यान नदिइए जेलमा रहेका रुसी विपक्षी अभियानकर्मी एलेक्सी नभाल्नीको ‘केही दिनभित्र ज्यान जान सक्ने’ उनका चिकित्सकले बताएका छन् ।

चिकित्सकहरूका अनुसार हालै गरिएका रगत परीक्षणका नतिजाले उनी हृदयाघात अथवा मिर्गौलाले काम गर्न नसक्ने अवस्थाको शिकार हुन सक्ने देखाएका छन् । बीबीसीले प्रकाशित गरेको समाचार अनुसार ढाड तथा खुट्टासम्बन्धी समस्याको पूर्ण उपचारको माग गर्दै विगत १८ दिनदेखि नभाल्नी अनशनरत समेत छन् ।

समाचार अनुसार अमेरिकी राष्ट्रपति जो बाइडनले जेलमा रहेका नभाल्नीको अवस्थालाई ‘पूर्णतः अन्यायपूर्ण र अनुपयुक्त’ भनेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कटु आलोचक नभाल्नीलाई आर्थिक हिनामिनासम्बन्धी पुराना अभियोगहरूमा गत फेब्रअरी महिनामा जेल पठाइएको थियो ।

प्रतिक्रिया
सम्बन्धित