९ कार्तिक २०८३, सोमबार

हतौडा प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

बैतडी, ४ वैशाख । दोगडाकेदार गाउँपालिका–३ सिल्लेगडास्थित मामाघरमा बस्ने रिउले भुलको छोरा १५ वर्षीय महेश भुलको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २२ वर्षीय नारायण भुललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

नारायणले हतौडा प्रहार गर्दा महेशको घट्नास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी खोचलेक र ईलाका प्रहरी कार्यालय पाटनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।