शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

अनलाइनबाट पठनपाठन गराउन सीसीएमसीको सिफारिस

दैनिक नेपाल २०७८ वैशाख ४ गते १८:५५

काठमाडौँ, ४ वैशाख । कोभिड – १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले वैशाख मसान्तसम्म अनलाइन माध्यमबाट पठनपाठन गराउन सिफारिस गरेको छ ।

शनिबार सिंहदरबारमा बसेको सीसीएमसीको बैठकले बालबालिकाहरुमा कोरोना संक्रमणको जोखिम उच्च रहेकाले विद्यालयको पठन पाठन भने अनलाइन माध्यमबाट सञ्चालन गर्न र परीक्षाहरु पनि सुचारु हुनुपर्ने प्रस्ताव गरेको हो ।

यसैबीच सरकारले कोरोनासम्बन्धी नयाँ स्वास्थ्य मापदण्ड जारी गर्ने भएको छ । बैठकमा नयाँ मापदण्डबारे प्रस्ताव आएको र त्यसलाई अन्तिम रुप दिएर मन्त्रिपरिषद्ले स्वीकृत गर्ने परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित