शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

टी–२० त्रिदेशीय क्रिकेटमा नेपालको ९ विकेटको विजयसहित शानदार सुरुवात

दैनिक नेपाल २०७८ वैशाख ४ गते १८:५०

काठमाडौँ, ४ वैशाख । टी–२० त्रिदेशीय क्रिकेट श्रृंखलाको पहिलो खेलमै नेपालले ९ विकेटले विजय हासिल गर्दै शानदार सुरुवात गरेको छ ।

शनिबार त्रिभुवन विश्वविद्यालयस्थित मैदानमा खेलमा नेदरल्यान्डले आयोजक नेपाललाई १३७ रनको चुनौती दिएको हो ।

नेदरल्यान्डबाट बास डि लिड्ले बाहेक अन्य ब्याटस्म्यानले उत्कृष्ट खेल्न सकेनन् ।

सन्दीप लामिछानेको बलमा कुशल भुर्तेलले क्याचआउट गर्नुअघि लिड्लेले ४१ रन बटुलेका थिए । उनले ४९ बलमा ३ चौका र २ छक्का प्रहार गरे ।

त्यस्तै, स्कट इडवार्डस्ले ३०, पिटर सिलरले नटआउट २३ र एन्टोनियो स्टलले नटआउट २० रन बनाए । नेपालबाट सन्दीप लामिछानेले २ तथा सोमपाल कामी र सदाब आलमले १ विकेट लिए ।

ओपनिङ जोडी राम्रोसँग जम्दा नेपालले १५ ओभरमै सहज रुपमा लक्ष्य लक्ष्य भेट्टायो । त्यसक्रममा ओपनर कुशल भुर्तेलले ६२ र आरिफ शेखले नटआउट ५४ रन बनाए ।

जुलियन डि मेकोबलमा पिटर सिलरले क्याचआउट गर्नुअघि ४६ बल सामना गरेका भुर्तेलले ५ चौका र ५ छक्का प्रहार गरे ।

त्यस्तै, शेखले ४ चौका र ४ छक्का प्रहार गरे । कप्तान ज्ञानेन्द्र मल्लले पनि नेपालको जीतमा १३ रनको योगदान गरे ।

प्रतियोगिताअन्तर्गत नेपालले अब सोमबार मलेसियाको सामना गर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित