बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

त्रिकोणात्मक ट्वान्टी–ट्वान्टी क्रिकेट श्रृंखला आजदेखि शुरु हुँदै

दैनिक नेपाल २०७८ वैशाख ४ गते ११:४९

काठमाडौं, ४ वैशाख । नेपाल, नेदरल्याण्ड्स र मलेसिया सम्मिलित त्रिकोणात्मक ट्वान्टी–ट्वान्टी क्रिकेट श्रृंखला आजदेखि शुरु हुँदैछ ।

श्रृंखला अन्तर्गत पहिलो दिन आज आयोजक नेपालले नेदरल्याण्ड्ससँग खेल्ने छ । त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने खेल दिउँसो १ः१५ बजे शुरु हुने छ ।

डबल राउण्ड रोबिनको सञ्चालन हुने श्रृंखलाका शीर्ष दुई टोलीले यही वैशाख ११ गते उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । १४ महिनापछि घरेलु मैदानमा अन्तर्राष्ट्रिय खेल खेल्न लागेको नेपालले ज्ञानेन्द्र मल्लको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित