बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

वर्ल्ड वार फोर इन्डगेम्स सार्वजनिक

दैनिक नेपाल २०७८ वैशाख ४ गते ८:२३

लण्डन । एस्ट्रिक टेक्नोलोजी, एक नयाँ उदयमान गेम डेभलपमेन्ट कम्पनीले वर्ल्ड वार फोर इन्डगेम्स मार्फत एन्ड्रोइड प्लेटफर्ममा गुगल प्ले स्टोर मार्फत सार्वजनिक गरेको छ ।

वर्ल्ड वार-फोर इन्डगेम्स टेक्स्टमा आधारित अनलाइन मल्टिप्लेयर रोल प्लेइङ् गेम हो।

यो एउटा यस्तो गेम हो जसमा २०३० को समयको परिकल्पना गरिएको छ, जुनबेला तेस्रो विश्वयुद्ध सकिसकेको हुन्छ र जहाँ युद्धले मानवता नै हराउने अवस्थामा पुगिसकेको हुन्छ।

त्यस अवस्थामा विश्वमा केबल ८ शक्तिशाली राष्ट्रको परिकल्पना गरिएको छ जसमा अमेरिका, बेलायत, संयुक्त यूरोप, संयुक्त मिडल इस्ट, चीन, भारत, जापान र रुस छन् र उनीहरु प्नि अझै संयुक्त सरकारको लागि लडिरहेका हुन्छन्।

गेममा खेलाडीले एक विश्वयुद्धमा बाँचेकाव्यक्तिको भूमिकानिर्वाह गर्नुपर्नेछ जहाँ उसले प्रत्येक ४ घण्टामा एक पटक काम गर्न पाउनेछन्, प्रत्येक २ घण्टामा एक पटक तालिम लिन पाउनेछन् । गेममा व्यापारी, सेना, श्रमिक र राजनीतिज्ञ गरी ४ करियर मोड उपलब्ध छन् । खेलाडीले हरेक ७ दिनमा फरक फरक करियर छनौट गर्न पाउनेछन्।

खेलाडीले कच्चापदार्थ तथा विभिन्न वस्तु उत्पादन गर्न, आयात-निर्यात गर्न, शेयर बजारमा लगानी गर्न, शक्ति तथा हतियार संकलन गर्ने र अन्ततः सम्पूर्ण विश्वमा आफ्नो मुलुकको प्रभुत्व स्थापना गर्न लड्नुपर्नेछ। यो गेममा सीमित समयको लागि ५ डलर मूल्य हाराहारी पर्ने ५० गोल्ड फ्रीमा प्रदान गरिनेछ।

प्रतिक्रिया
सम्बन्धित