शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

झापामै एमालेको समानान्तर कमिटी गठन

दैनिक नेपाल २०७८ वैशाख ४ गते ७:२३

दमक, ४ वैशाख । एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले झुटको खेती गरी भ्रम सिर्जना गरेको आरोप लगाएका छन् ।

बिर्तामोडमा शुक्रबार जिल्ला कमिटी गठन गर्न आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले अब पार्टीमा नयाँ पुस्तालाई आकर्षित गर्न सत्यतथ्य र विधिमा आधारित राजनीतिक प्रशिक्षण दिन जरुरी भएको धारणा व्यक्त गरे ।

नेता नेपालले अध्यक्ष ओलीले निष्काशन गरेका र नसमेटेकालाई बटुलेर आफूले ७७ वटै जिल्लामा कमिटी बनाउन बाध्य भएको जिकिर गरेका छन ।

माधव नेपाल समूहले शनिबार बिर्तामोडमा कार्यकर्ता भेला गरेर वेदराज रेग्मीको अध्यक्षतामा ३५१ सदस्यीय समानान्तर जिल्ला कमिटी गठन गरेको छ ।

समितिको उपाध्यक्षमा चन्द्रा श्रेष्ठ, सचिवमा निलमणि बराल, सहसचिवमा मणि भण्डारीलाई चयन गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित