शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान, प्रचण्ड नजाने

दैनिक नेपाल २०७८ वैशाख ४ गते ७:०९

काठमाडौं, ४ वैशाख । मुलुकको राजनीतिक अवस्थाका विषयमा छलफल गर्न प्रधानमन्त्री केपी ओलीले सर्वदलीय बैठक बोलाएका छन् ।

ओलीले शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक बोलाएका हुन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले संसदमा रहेका सबै राजनीतिक दललाई सर्वदलीय बैठकमा सहभागी हुन आग्रह गरिएको जानकारी दिए ।

बैठकमा पछिल्लो राजनीतिक अवस्था, संसद् अधिवेशन, बढ्दो कोरोना संक्रमण तथा रोकथामलगायतका समसामयिक विषयमा छलफल हुने सल्लाहकार थापाले जानकारी दिएका छन ।

एमालेले नेतृत्व गरेका प्रदेश सरकारहरू अस्थिर बन्न लागिरेका बेला ओलीले सर्वदलीय बैठक बोलाएका छन ।

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन तीन दिनभित्र फिर्ता लिने तयारी गरेको भनेकै भोलिपल्टै प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएका हुन ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)बीच सरकार निर्माणका लागि आन्तरिक गृहकार्य भईरहेका बेला सर्वदलीय बैठकलाई सबैले चासोका साथ हेरेका छन् ।

ओलीद्वारा आह्वान गरिएको सर्वदलीय बैठकमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी नहुने भएका छन ।

दाहालले सर्वदलीय बैठक सिंहदरबारमा राख्नुपर्ने अडान राखेका छन । दाहालले बालुवाटारमा ओलीले बोलाएको बैठकमा नजाने उल्लेख गरेको माओवादीका एक नेताले बताए ।

प्रतिक्रिया
सम्बन्धित