शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

विशेष अदालत काठमाडौँमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालन

दैनिक नेपाल २०७८ वैशाख ३ गते २०:३८


काठमाडौँ, ३ वैशाख । प्रभु बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा काठमाडौँ जिल्लाको काठमाडौँ महानगरपालिकास्थित वडा नं ११ विशेष अदालतमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।

काठमाडौँस्थित विशेष अदालतमा स्थापित एक्स्टेन्सन काउण्टरको मिति २०७८ वैशाख ३ गतेदेखि कारोबार सुरु भएको हो ।

विशेष अदालत परिसरमा शुक्रबार बिहान विशेष अदालत काठमाडौँका न्यायाधीश प्रेमराज कार्कीबाट एक समारोहका बिच प्रभु बैंक लि. विशेष अदालत काठमाडौँ एक्स्टेन्सन काउण्टरको समुद्घाटन गरेका थिए ।

नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको प्रभु बैंकले विशेष अदालत काठमाडौँमा पनि आफ्नाे सेवा विस्तार गर्न सफल भएको छ ।

प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित विशेष अदालतमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र विशेष अदालतको काम गर्न सहज र सरल हुने भएको छ ।

प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

प्रभु बैंकले २१३ वटा शाखा कार्यालय, १८९ वटा एटीएम, ५९ वटा एक्स्टेन्सन काउण्टर तथा २ वटा शाखारहित बैंकिङ्ग सेवामार्पmत् अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित