शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

फ्लोर क्रस गर्ने ४ सांसदलाई पार्टीबाटै हटाउने एमालेको निर्णय

दैनिक नेपाल २०७८ वैशाख ३ गते १९:२६

काठमाडौँ, ३ वैशाख । नेकपा एमालले पार्टीको निर्णय विपरित मतदान गर्ने ४ जना सांसदहरुलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको छ ।

फ्लोर क्रस गर्ने एमाले सांसदहरु प्रकाश ज्वाला, अमर थापा, कुर्मराज शाही र नन्दसिङ बुढालाई कारवाही गरिएको कर्णाली प्रदेश एमाले संसदीय दलले जनाएको छ ।

शुक्रबारको प्रदेशसभा बैठकमा पार्टी ह्वीप विपरित मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई मतदान गरेपछि पार्टीले उनीहरुलाई कारवाही गरेको हो ।

उनीहरुलाई पार्टीबाट हटाउने गरी निर्णय गरिएको जनाइएको छ ।

४ जना एमाले सांसदहरुले पार्टीको ह्वीप विपरित शाहीको पक्षमा मतदान गरेपछि सरकार जोगिएको छ ।

३९ जना सांसदमध्ये २२ जना सांसदहरुको समर्थनसहित शाही नेतृत्वको प्रदेश सरकार जोगिएको हो ।

प्रतिक्रिया
सम्बन्धित