शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

को-को हुन् पार्टीको निर्णय विपरित मत हाल्ने एमाले सांसद ?

दैनिक नेपाल २०७८ वैशाख ३ गते १९:०१

काठमाडौँ, ३ वैशाख । कर्णाली प्रदेशमा नेकपा एमालेका ४ जना सांसदले पार्टीको ह्वीपलाई उल्लंघन गर्दै मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई मत दिएका छन् ।

फ्लोर क्रस गर्ने एमाले सांसदहरुमा प्रकाश ज्वाला, अमर थापा, कुर्मराज शाही र नन्दसिङ बुढा रहेका छन् ।

उनीहरुले पार्टीको निर्णय विपरित मुख्यमन्त्री शाहीलाई मत हालेपछि सरकार जोगिएको छ ।

३९ मध्ये २२ जना सांसदहरुको समर्थन प्राप्त गर्दै मुख्यमन्त्री शाही बहुमतले सुरक्षित बनेका छन् ।

प्रतिक्रिया
सम्बन्धित